जिप्रका खोटाङको सेवा प्रवाह बन्द

निर्वाचनसंँग सम्बन्धित सेवामा निरन्तरता



खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सरकारी सेवा प्रवाह बन्द गरेको छ । यहीँ महिनाको ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्मका लागि उक्त कार्यालयले सेवा प्रवाह बन्द गरेको हो ।

आज (बिहीबार) जिप्रका खोटाङले दिएको जानकारी अनुसार निर्वाचनमा अधिकांश कर्मचारी खटिएकोले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा प्रवाह बन्द गरिएको हो ।

आन्तरिक प्रशासनिक, शान्ति सुरक्षा, विपद्, मुद्दा र निर्वाचनसंँग सम्बन्धित बाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो ।

आजैदेखि लागू हुने गरी जारी गरिएको सूचना अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नाबालक परिचयपत्र, संघसंस्था लगायतका सेवा मतदानका भोलिपल्टसम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्