कास्कीमा निर्वाचनको मुखैमा थापा र खड्काबीच जुहारी

एकले अर्कालाई सिध्याउने खेल

0
Shares

कास्की । यतिबेला कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लागि नेपाली कांग्रेस र नेकपा (एमाले)कोभन्दा पनि कांग्रेसभित्रको चर्चा बढी चलेको छ ।

प्रदेशसभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा प्रत्येक्षतर्फ कांग्रेसका विन्दुकुमार थापाको उम्मेदवारी रहेको छ । कास्कीमा निर्वाचनका लागि टिकट पाउनुभन्दा अघिबाटै चर्चामा थियो । एकै निर्वाचन क्षेत्रका दुई जनामध्ये कुमार खड्का भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री र थापा कानुन सञ्चार तथा प्रदेश मामिला मन्त्रीमध्ये कसले टिकट पाउने भन्ने चर्चा उठ्दै गर्दा व्यवसायी घरानाका थापाले खड्कालाई उछिने ।

टिकटदेखि सुरु भएको दुई मन्त्रीबीचको टकराबका कारण खड्कालाई मन्त्रीपदबाट बर्खास्त गरिएको छ भने टकराबकै कारण थापालाई आगामी निर्वाचनमा मत पाउन निकै मुस्किल भएको छ ।

खड्को प्रभाव बढी रहेको कास्की क्षेत्र २(ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका थापाको उम्मेदवारी रहेको छ । यसअघि थापाले खड्काले चुनावी अभियानमा आफूलाई असहयोग गरेको आरोप लगाउँदै आएका थिए । त्यतिमात्रै होइन खड्कामाथि थापालाई नै हराउन एमालेको तर्फबाट उम्मेदवार बनेकी मिना गुरुङसँग मिलेको आरोप समेत छ ।

थापालाई असहयोग गरेको आरोप खेप्दै आएका कुमार खड्काले भने आफूलाई मन्त्रालयबाट अपमान जनक तरिकाले निकालिनुमा थापा र मुख्यमन्त्रीको हात रहेको आरोपसमेत लगाएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री र थापाको चलखेलका कारण आफूलाई अपमान जनक तरिकाले निकालिएको बताएका छन् ।

खड्काले थापाप्रति खनिँदै आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना लैजान छाडेर आफ्नो जग्गा भएको स्थानमा रकम खनाएको अभिव्यक्ति दिएका छन् । ‘मैले टिकट पाउनुभन्दा अघि विन्दु थापाले केही अरोप लगाउनुभयो । टिकट पाउनुभन्दा अघि मैले त्यो आरोपको खण्डकन गरिन् । उहाँले कुमार खड्का कारण मैले सानो बजेट भएको मन्त्रालय पाएँ भन्ने थियो,’ मैले आज त्यसको उत्तर दिनु्पर्छ, ‘म मुख्यमन्त्री होइन ।

एक जना मन्त्रीले अर्को सांसद्लाई कुन मन्त्री बनाउने र कुन मन्त्रालय बनाउने भन्ने अधिकार राख्दैन भन्ने कुरा थाहा पाउने कुरा हो । त्यसकारण यहाँ म होइन् कृष्णचन्द्र नेपाली मन्त्री हुनुहुथ्यो । सानो दिनेकी ठूलो दिने मझौला दिनेकी गोलो दिने भन्ने अधिकार मसँग थिएन,’ खड्काले त्यसैमा थपे, ‘यदि उहाँले लगाएको आरोप सह थियो भने म शक्तिशाली थिएभने उहाँलाई सानै मन्त्रालय दिन पर्छभन्ने पनि थिएन । अरुलाई दिएपनि हुन्थ्यो । मलाई लगाइएको आरोप निराधार हो ।’

थापाले बजेट कम दिएको भन्दै आरोप समेत लगाइरहँदा आफुलेभन्दा अहिले झन् कम मत आएको सुनाए । उनले थापाको मन्त्रालयमा बजेट पर्ने कुरा सत्य रहेको सुनाउँदै आफू मन्त्री भएपश्चात् ९ करोड रुपियाँ विकास निर्माणका लागि छुट्याइदिँदा आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्यत्र लगानी गरेको बताए । ‘९ करोड रुपियाँ म र सरकारको नियमले उहाँले पाउनुभएको हो ।

९ करोडबाट आफ्नो निर्वाचन क्षेत्रमा कति हाल्नुभयो कति बाहिर हाल्नुभयो मलाई भन्नुभएन,’ उनले भने । ‘उहाँले ९ करोड मध्येबाट १ करोड ४५ लाख रुपैयाँ निर्वाचन क्षेत्र नं. १ को पोखरा महानगरपालिका वडा १४ मा खसीबोका बजारदेखि कास्की मोडनाइज स्कुलहुँदै विपी मार्गमा जानेमा हाल्नुभयो । त्यहाँ त विन्दुजीले प्लटिङ गरेका घडेरी रहेछन् । अर्को भनेका अन्नपूर्ण गाउँपालिका पयचौर नजिकै २ करोड रुपियाँ हाल्नुभयो । त्यहाँ २ सय रोपनी जग्गा रहेछ । पर्वत, गगनगौडामा समेत रकम रकमान्तर गर्नु भएको छ ।

१६ नम्बर वडामा ६ लाख, पोखरा २० मा १० लाख रकमान्तर गर्नुभयो । त्यो मैले कपोकल्पित आरोप लगाएको छैन्, उहाँले हस्ताक्षर गरेर मुख्यमन्त्रीलाई सम्बोधन गरेको पत्रसहित म उपस्थिति छु ।’

उनले आफू निर्वाचनको आचारसंहिता अनुसार मन्त्री भएको नाताले खुलेर हिँड्न नमिलेको बताए । ‘मैले निर्वाचन आयोगलाई २०७९ साल कात्तिक १८ गते निर्वाचन आयोगलाई मंसिर ४ गते हुने निर्वाचनका लागि आफू कांग्रेसको कार्यकर्तासमेत भएको हुँदा निर्वाचनमा गठबन्धन र आफ्नो पार्टीलाई मत माग्ने मेरो अधिकार रहेको हुँदा म कुनै सरकारी सेवा नलिई चुनाव प्रचारप्रसारमा लाग्छु भनेर पत्र पठाए,’ उनले भने । त्यसपछि निर्वाचन आयोगले कुन मितिमा कुन स्थानमा प्रचारप्रसारमा सहभागि हुने हो, सो व्यहोरा प्रष्ट नखुलेको भन्दै आफूलाई प्रचारप्रसारमा रोक लगाएको उनको भनाइ रहेको छ ।

पछिल्लो समय मुख्यमन्त्रीसँग समेत सम्बन्ध चिसिएकाले आफूलाई मन्त्रीबाट वर्खास्त गर्ने चलखेल भएको आशंका लागेको खड्काले बताए । खड्काले मुख्यमन्त्रीले आफुले सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ नदिए मंसिर ४ पछि भण्डाफोर गरिदिने चेतावनी दिए ।

खड्काको वडामा थापाले पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले रोके

बुधबार साँझ पोखरा १६ मा थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’

घेराबन्दी गर्नेहरु स्थानीय भनिए पनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए । आचार्यलाई पनि स्थानीय निर्वाचनमा ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए ।

थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंकाको भरमा थापामाथि साँझको करिब साढे ७ बजेको समयमा आरोप लगाउँदै अभद ्रव्यवहार गरेको हो ।

थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापा लगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् ।

करिब १ घण्टाबढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ ।

नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् ।

थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।