‘देश बनाउने स्पष्ट भिजन एमालेमा छ : अजयक्रान्ति शाक्य


डा. अजयक्रान्ति शाक्य नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ । यही यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रियताको रक्षा र मुलुकको आर्थिक समृद्धिको लागि नेकपा (एमाले)लाई विजयी बनाउनुपर्ने विषयमा जोड दिँदै आउनुभएका डा। शाक्यसंग गरिएको कुराकानीको सम्पादित अंश

नेकपा एमालेलाई नै फेरी भोट दिनुपर्ने किन ?

नेकपा (एमाले) लाई मुख्य गरेर दुई ओटा कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्छ । पहिलो भनेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान पूरा गर्न एमालेलाई एकल बहुमतसहित विजयी गराउन आवश्यक छ । दोस्रो भनेको नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय चिन्तन भएको नेता हुनुहुन्छ । पाँच वर्षसम्म स्थायी रुपमा मुलुकको नेतृत्व गर्न र आम नेपालीमा राष्ट्रवादी चिन्तनको विकास गर्न एमालेलाई विजयी बनाउन आवश्यक छ । मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई जोगाइराख्न र राष्ट्रियताको रक्षाका निम्ति एमालेलाई बहुमतसहित विजयी बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।

पुराना दलहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारको चर्चा चलिरहेको छ नि ?

हो, अहिले राजनीतिक दल र नेताहरुलाई केन्द्रित गरेर आलोचना गर्ने र त्यसैको फाइदा उठाउँदै नयाँ र स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भैरहेको छ । यो झट्ट सुन्दा आकर्षक अभियान जस्तो लाग्नसक्छ । तर, गहिरीएर अध्ययन गर्ने हो भने यसले दीर्घकालिन रुपमा धेरै असर गर्ने देखिन्छ । यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोस जस्तो देखिए पनि यो योजनाबद्ध अभियान हो । मुख्य गरेर नेपालको राजनीतिक अस्थिरतामा खेल्न खोज्ने विदेशी र स्वदेशी तत्वसहित केही राजावादीहरुको भित्री योजना अनुरुप यस्ता गतिविधिलाई प्रोस्ताहन गर्ने प्रयास भइहेको छ । भर्खरै बामे सर्दै गरेको लोकतन्त्रलाई अहिले ती शक्ति धुलिसात बनाउन चाहन्छन् र आफू अनुकुलको राजनीतिक व्यवस्था चाहन्छन् । त्यसले पनि धेरै भूमिका खेलेको छ । प्रष्ट रुपमा भन्ने हो भने व्यवस्था विरोधी शक्तिहरु अहिले सलवलाई रहेका छन् । उनीहरुले करोडौँ खर्च गरेर सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुलुकमा स्वतन्त्रको नाममा जनताको बिचमा भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने प्रयास गरिरहेका छन् । त्यसैले यस्तो भ्रममा नपर्न म सबैलाई अपिल गर्न चाहन्छु ।

स्वतन्त्रहरुले संसदमै प्रतिनिधित्व गर्ने अवस्था आयो भने के हुन्छ त ?

स्वतन्त्र सांसदहरुको प्रतिनिधि र प्रदेशसभा जस्तो ठाउँमा प्रतिनिधित्व हुनु भनेको संसदलाई खिचडी बनाउनु हो । स्वततन्त्रका नाममा प्रतिनिधित्व गरेर संसदलाई किनबेचको थलो बनाउने गलत संस्कारलाई थप मलजल गर्ने कुरा हो । स्वतन्त्र भनेको मुलुकमा अराजकता सिर्जना गर्ने र व्यवस्था विरोधी शक्तिको अभियान मात्रै हो। यदि मुलुकको विकास गर्ने हो भने स्थिर सरकार अहिलेको आवश्यकता हो । त्यसका लागि व्यवस्था विरोधी शक्तिलाई खेल्ने अवसर दिनुहुन्न ।

संसदमा पनि थोरै दलको मात्रै प्रतिनिधित्व होस् भन्ने तपाईले इंगित गर्नखोज्नुभएको हो ?

हो, मुलुकमा साँच्चिकै स्थिरता चाहने हो भने संसदलाई खिचडी बनाउनु हुँदैन । हामीले अमेरिका जस्तो मुलुकलाई नै हेर्ने हो भने पनि त्यहाँ दुई ओटा मात्रै पार्टी शक्तिमा छन् । त्यसैले नेपालको सन्दर्भमा कुरा गर्ने हो भने एक शक्तिको नेतृत्व एमाले र एक शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ । अहिले कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको छ भने अर्कोतर्फ नेकपा ९एमाले० । त्यसैले यी दुई मध्ये कुन शक्तिले राष्ट्र र राष्ट्रियताका पक्षमा काम गरेको छ । त्यहि शक्तिलाई जनताले चुन्नुपर्छ । वर्तमान सन्दर्भमा कुरा गर्ने हो भने यी दुई शक्ति मध्ये नेकपा एमाले बढी राष्ट्रवादी शक्तिका रुपमा दरिलो बनेको छ । त्यसैले जनताको रोजाई पनि एमाले नै बन्नुपर्छ । यो पटक नेकपा एमालेको नेतृत्वमा बहुमत सरकार बन्यो भने जनताले पाँच वर्ष यो पार्टीलाई हेर्ने छन् । यसले जनता र राष्ट्रको हितमा काम गर्न सकेन भने रोज्ने अधिकार जनतामा निहीत हुन्छ । जनताले पाँच वर्षपछि अर्को शक्तिलाई रोज्न सक्छन्। अहिलेको मुलुक हेर्ने हो भने पनि यी दुई ध्रुवमा नै विभाजित भएको छ । मुलुक बनाउने सपनासहित अहिले एमाले जनताको विचमा छ । मुलुक कस्तो बनाउने भन्ने स्पष्ट भिजन र मार्गचित्रसहित जनताको विचमा आएको एमालेलाई अहिले पाँच वर्षका लागि विजयी बनाउपर्छ र यसको नेतृत्वलाई हेर्नुपर्छ ।

काठमाडौंको चुनावी माहोललाई चाँहि कसरी लिईरहनुभएको छ ?

काठमाडौँमा नेकपा एमालेले पहिलाको भन्दा बढी क्षेत्रमा विजयी हाँसिल गर्ने देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीसहितका दलले जित्ने निकै कम संभावना छ । केही क्षेत्रमा भने नेपाली कांग्रेससँग नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा केपीशर्मा ओलीलाई प्रक्षेपण गरेको हो ?
निश्चय पनि, गठबन्धनले अहिले पनि बहुमत प्राप्त गर्ने विश्वास गुमाएको छ। त्यसको एउटा प्रमुख कारण भनेको प्रधानमन्त्री को हुन् भन्ने सम्म निर्णय गठबन्धनले गर्न सकेको छैन । त्यति मात्रै होइन गठबन्धनले आ–आफ्नै घोषणपत्रसहित चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको छ। ती दलको घोषणापत्र पनि खिचडी जस्तो छ । यदि सरकार बनाउने अवस्था आइहाल्यो भने पनि मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने अन्योल गठबन्धनमा छ । एमालेको घोषणपत्रमा आगामी पाँच वर्षमा मुलुक कस्तो बनाउने भन्ने प्रष्ट योजना छ । प्रधानमन्त्री कोरु भन्ने प्रष्ट छ । त्यसकारण पनि प्रष्ट योजना र लक्ष्यसहितको एमालेलाई विजयी गराउनु नै अहिलेको आवश्यकता हो । विचारमा अन्योल, नेतृत्वमा अन्योल भएको गठबन्धनलाई मत दिएर थप अन्योलता सिर्जना गर्नु हो ।