बेवारिसे अवस्थामा रहेको डेढ करोडको सामान सशस्त्र प्रहरीद्वारा बरामद



रसुवा ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा हिजाे बुधबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो ।

अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाएको छ । निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्