सम्पादक काफ्लेलाई चाणक्य अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

काठमाडौं । 

नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई भारतको पब्लिक रिलेसन्स काउन्सिल अफ इन्डिया (पीआरसीआई) ले चाणक्य अन्तर्राष्ट्रिय अवार्ड, २०२२ प्रदान गरेको छ ।

कोलकतास्थित न्यू टाउनमा कात्तिक २४ देखि २६ सम्म चलेको १६औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सम्पादक काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो ।

संस्थाले भारतमै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विविध क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्न वार्षिक रूपमा आयोजना गर्ने यस कार्यक्रममा मिडिया क्षेत्रमा योगदान पु¥याउने अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिलाई समेत विगत केही वर्षदेखि पुरस्कृत गर्दै आएको छ ।

सम्पादक काफ्लेलाई प्रदान गरिएको प्रमाणपत्र तथा संस्थाको पुरस्कृत व्यक्तित्व परिचय पुस्तिकामा मिडियाको माध्यमद्वारा मानवअधिकारको प्रवद्र्धन गरेका कारण यो पुरस्कार प्रदान गरिएको जनाइएको छ । ‘ह्युमन राइट्स कम्युनिकेटर अफ द इयर, २०२२’ नाम दिइएको सो पुरस्कार पीआरसीआईका अध्यक्ष एमबी जयरामले प्रदान गर्नुभएको थियो ।