देशका विभिन्न भेगमा आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ २४ घण्टे चेतावनी

0
Shares

काठमाडौं ।

आज देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।