सत्यमोहनलाई सम्झाइरहने कृष्णलालको त्यो कोष

70
Shares

ललितपुर । ललितपुरको बखुम्बहालमा अहिले बनेको लोक साहित्य भवनले वाङमय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशी जीवनी र योगदानलाई चिरकालमा सम्झाइरहने छ ।

जोशीको योगदानलाई सधैं सम्झाइरहने त्यो भवन लागतको मुख्य हिस्सा भने कृष्णलाल महर्जनले जुटाइदिनुभएको थियो।तत्कालीन सांसद् महर्जनको आर्थिक वर्ष २०७६/०७७ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ९सांसद् विकास कोष० बाट साढे दुई आना जग्गामा भवन निर्माणको लागि ५० लाख रुपैयाँ खर्चिएको थियो । सो भवन बनाउन करिब १ करोड रुपैयाँ खर्च भएको थियो ।

ति नै महर्जन अहिले ललितपुर क्षेत्र नम्बर २ बाट तेस्रो पटक सांसद् हुन चुनावी दौडधुप गरिहनुभएको छ । महर्जन २०५६ र २०७४ सालमा निर्वाचित भएका थिए।महर्जन संयुक्त – वाम लोकतान्त्रिक गठबन्धनबाट एकिकृत समाजवादी पार्टीका उम्मेदवार हुनुहुन्छ ।

महर्जनले अघिल्लो संसद्मा जनताले सुन्ने र देख्ने गरी नबोलेको गुनासोकोे बाबजुढ निरन्तर काम गर्दै आएको एउटा उदाहरण भने सोही भवन रहेको पाइएको छ । सत्यमोहन जोशीको जन्म शताब्दी मनाइसकेपछि उहाँले आफू बस्दै आएको घर लोक साहित्य संग्रहालयको लागि दिने इच्छा व्यक्त गर्नुभएको थियो ।’ एक समारोहमा भेट हुँदा जोशीले सो संग्रहालयका लागि केही पहल गरिदिनु आग्रह गर्दा त्यसलाई सहर्ष स्वीकार गरे ।’ उम्मेदवार महर्जनले भन्नुभयो । ‘त्यसपछि निर्वाचन विकास पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ बजेट विनियोजित गरेको हुँ ।’

जोशीको जीवनकालमा धेरै व्यक्ति र संस्थाले सम्मान गरी आफूले सम्मान आर्जन पनि गरे । तर तत्कालीन महर्जनको अग्रसरता जोशीको योगदानलाई आजका पुस्ताले सम्झिरहने किसिमको भयो ।पदमा हुँदा गरिएको एउटा राम्रो निर्णयको रुपमा अहिले साहित्य र संस्कृतिका अनुरागीहरुले लिएका छन्।सांसद् कोषको रकम बाहेक लागत रकम सबै श्रद्धालु व्यक्तिहरुको सहयोगले जुटाइएको थियो ।

अहिले सो भवनमा जोशीको अन्तिम इच्छा अनुरुप वरिष्ठ कलाकार लोक चित्रकारले धार्मिक विधिपूर्वक चक्रसंम्बरको चित्र बनाइसक्नुभएको छ।भवनमा जोशीका अभिनन्दनपत्र, सम्मानपत्र, संकलित मुद्रा, तस्वीर र कृतिहरु राखिएको छ । त्यो भवन विस्तारै संग्रहालयको रुपमा परिणत हुँदै गएको छ । त्यो भवन नबेको भए जोशीका कयौं महत्वपूर्ण दस्तावेज,कृतिहरु संरक्षण गर्न आज निकै हम्मेहम्मे हुने थियो ।

२०७४ सालमा नेकपा९एमाले० बाट निर्वाचित सांसद् महर्जन पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपालसंगै विद्रोह गरी एकिकृत समाजवादीमा आउनुभएको थियो।पार्टीभित्र माधव पक्षमा लागेका कारण आफूले लगेका कयौं योजनाहरु बेवास्ता गरेको सम्झिएर अहिले पनि महर्जनको मन खिन्न हुने गरेको छ।

पार्टीलाई संकटबाट जोगाएर जनतामाझ अब्बल बनाउन कहिले पछि नहटेको बताउँदै उम्मेदवार महर्जनले भन्नुभयो ‘दोस्रो पटक सांसद् हुँदा आफूले लगेको विकास, निर्माणका योजना बारे सुन्ने र विचार गर्ने त कहाँकहाँ हो, संसद्मा बोल्न समेत संसदीय दलका नेताहरुले अनेक व्यवधान खडा गर्दथे ।’ यसका बाबजुढ पनि निर्वाचन पूर्वाधार क्षेत्र विकास कोषको बजेटबाट थुप्रै खानेपानी, बाटोघाटो, धार्मिक, सांस्कृतिक विकासको काम गरेको उम्मेदवार महर्जनले बताउनुभयो ।

ललितपुर क्षेत्र नं २ मा थुप्रै बौद्ध विहार बहाःबही रहेका छन् । महर्जनले आफ्नो सांसद् विकास कोषको रकम सुमंगल विहार, वैशवर्ण महाविहार, रुद्रवर्ण महाविहार, पद्मवर्ण महाविहार, युवक बौद्ध मण्डल, बालकुमारी मन्दिरको सत्तल,लाकुरेभञ्या∙मा विपश्यना ध्यान केन्द्र बनाउन, बुबहालको डिगी भवन, रातो मच्छिन्द्रनाथको गुठी घर, ब्रम्हकुमारी राजयोगको भवन निर्माण गर्न खचिनुभएको थियो ।

त्यसैगरी सितापाखादेखि पूर्वाधारसम्म सडक कालोपत्र गर्न, लुभू र सिद्धिपुरको खानेपानी आयोजना,बाफल बाटोको ढलान लगायत कार्यहरु आफू सांसद् हुँदा कार्यका उदाहरण रहेको उम्मेदवार महर्जनले बताउनुभयो ।

ललितपुरमा हालै भएको एक सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनलाई निर्वाचित गराएर पठाएमा मन्त्री बनाउने पक्का भनि सार्वजनिक रुपमा बोल्नुभएको थियो ।त्यसले पनि महर्जनको चुनावी अभियानमा उत्साह थपिएको छ ।

ललितपुर क्षेत्र नं २ बाट निर्वाचित भएका मध्ये सिद्धिलाल सिंह बाहेक अरुले मन्त्री अवसर पाएका छैनन्।राष्ट्रिय राजनीतिमा निर्वाह गर्न सक्ने भूमिका, अनुभव, अहिलेसम्म गरेका काम र सत्ता गठबन्धन र जनताको सद्भाव नै मेरो जित्ने आधार हुन्।उम्मेदवार महर्जनले भन्नुभयो ।