आचार संहिताको उल्लंघन गर्दै सवारी साधनको र्‍याली

0
Shares

धादिङ । 

आचार संहिताको उल्लङ्घन गदै नीलकण्ठ नगरपालिका–३, धादिङ बेंसीमा  राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सवारी साधनको र्‍याली गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुमाया तामाङको सहभागितामा आचार संहिता विपरीत सवारी साधनको र्‍याली भएको हो ।

समाचार संकलनका लागि पत्रकारहरुलाई समेत खबर गरेर धादिङ बेंसी पुछार बजारबाट सिरान बजारसम्म ६० भन्दा बढी मोटरसाइकल, चार पाङ्ग्रे गाडीको झन्डा ब्यानर सहित र्‍याली निकालिएको हो । ठूला झन्डा, आचार संहिता विपरीतका फेलेक्स ब्यानरसमेत प्रयोग गरिएको थियो ।

यसै गरी थाक्रे गाउँपालिका –३ अमर्खु माविका प्रधानाध्यापक लालबहादुर तामाङले गठबन्धनको कार्यक्रमको फेसबुक लाइभ गरेर आचारसंहिता विपरीत काम गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

गठबन्धनको कार्यक्रममा वडा अध्यक्ष अमित घलेले बोलेको लाइभ गरेका थिए ।  विद्यालयमा कात्तिक २९ गते हाजिर गरेर १२ बजे गठबन्धनको कार्यक्रममा पुगेका थिए ।