पौडेलको पक्षमा नरहरी आचार्य



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधासभाका सभासद् नरहरी आचार्य काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकले यसपटक खोजेजस्तै उम्मेदवर पाएको बताउनुभएको छ । आज (मंगलबार) उहाँकै निवास महाराजगंञ्जमा राजनीतिक विटमा कलम चलाउने पत्रकारहरुसँग साक्षात्कार गर्दै आचार्यले ५ नम्बर निर्वाचन क्षेत्रका मतदाताले खोजेजस्तै उम्मेदवार प्रदीप पौडेललाई पाएका बताएउनुभएको हो ।

पौडेलको पक्षमा खुलेर लाग्नुभएका आचार्यले भन्नुभयो, ‘पौडेल जत्तिको निश्कलंक, इमान्दार र बौद्धिक प्रखर व्यक्ति पाउँदा मलाई समेत खुसी लागेको छ । यहाँका कांग्रेसीहरु र आम जनताले खोजेको परिवर्तन उनले दिन सक्छन् । मैले उनको ४० मिनेटको भाषण सुने, यो क्षेत्रले नागरिकले खोजेजस्तै र रोजेजस्तै युवा नेता पाएको छ ।’ पौडेललाई युवा पुस्ताको नेतृत्व गर्नसक्ने र पार्टीभित्र पनि नयाँ भिजन दिनसक्ने नेताका रुपमा आफुले लिएको बताउनुभयो । आफुले विश्राम लिँदै गर्दा नयाँ युवालाई जिम्मा दिने इच्छा प्रदीप पौडेलबाट पूरा हुने उहाँको अपेक्षा छ । आचार्यले भन्नुभयो, ‘आफू विश्राम लिँदै गर्दा नयाँ पुस्ताका युवाहरुले नै नेतृत्व लिए हुन्थ्यो भन्ने अपेक्षा थियो, प्रदीप पौडेललाई पार्टीले पठाएर मेरो त्यो अपेक्षा पूरा हुने संकेत देखेको छु ।’

पौडेलको चुनावी अवस्था निकै राम्रो हुँदै गएको भन्दै आचार्यले स्वतन्त्र मतदाताहरु धेरै भएकाले तिनै मतदाताहरुले परिवर्तनका पक्षधर भएको बताउनुभयो । उहाँले उक्त क्षेत्रका नागरिक सचेत र राजनीतिक सुजबुझ भएकाले पौडेललाई मतदान गरेर परिवर्तनको पक्षमा उभिन आग्रह समेत गर्नुभयो । पार्टीका नेताहरु सधैँ एकै ठाउँबाट उठ्ने भन्दा पनि प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गरेर पार्टीले जहाँ खटायो त्यहाँ जानसक्ने हुनुपर्ने भन्दै उहाँले प्रदीपमा त्यो क्षमता देखाएकोे बताउनुभयो ।

लामो समयदेखि अस्वस्थ रहनुभएका आचार्यले घरबाटै पौडेलको क्षमा समर्थन गर्दै मत माग्नुभएको छ । उहाँले २०६४ को संविधानसभा निर्वाचनमा ईश्वर पोखरेललाई हराउनुभएको थियो । अहिले सोही क्षेत्रबाट पोखरेलसँगै प्रतिष्पर्धामा उभिनुभएका गठबनधनका साझा उम्मेदवार पौडेलको जित नजिक देखेको समेत उहाँले बताउनुभयो ।

देशका हरेक निर्वाचन गराउने जिम्मा कांग्रेसकै थाप्लोमा आएको स्मरण गराउँदै आचार्यले कांग्रेस पार्टी सबैप्रति खुल्ला, सहिष्णु, सबैसँग मेलमिलाप गर्न सक्ने र स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन गराउन सक्ने पार्टीका रुपमा अन्य दलहरुले समेत विश्वास गरेको जिकीर गर्नुभयो । कांग्रेस आफुले गरेका निर्वाचनहरुमा आफै हारेपनि लोकतान्त्रिक पद्धतिलाई सहर्ष स्वीकार गर्दै चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरेको इतिहास बिर्सन नहुने उहाको भनाइ छ ।

यो क्षेत्र पूर्व राजपरिवार, पूर्व शैनिकका परिवार र सम्पन्न परिवारहरुको बसोबास क्षेत्र हो । यहाँका मतदाताहरु बौद्धिक र स्वतन्त्र खाले रहेको उहाँको अनुभव छ । २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका दमनाथ ढुंगानाले जितेको उक्त क्षेत्र २०५१ मा एमालेका नेता मनमोहन अधिकारीले जित्नुभएको थियो । ०५६ मा मनमोहन अधिकारी उम्मेदवार हुँदै निधन भएसपछि उपनिर्वाचनमा कांग्रेसका चिरञ्जीवीनिधि तिवारीलाई हराउँदै ईश्वर पोखरेल निर्वाचित हुनुभएको थियो । गत ०७४ को निर्वाचनमा समेत निर्वाचित एमालेका वरिष्ठ उपाध्यक्ष पोखरलेसँगै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल भिड्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्