तुलसीपुर १४ मा माओवादी शून्य, कांग्रेसका ७ जना एमालेमा प्रवेश

0
Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा नेकपा (माओवादी केन्द्र) शुन्य भएको छ । वडा कमिटिका अध्यक्ष लेखत कुमार पौडेल नेकपा (एमाले)मा प्रवेश गरेसँगै माओवादी केन्द्र शून्य बनेको हो । यसअघि स्थानीय तहको निर्वाचनमा अध्यक्ष बाहेकको कमिटी एमालेमा प्रवेश गरेको वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए ।

यस्तै, वडामा कांग्रेसकाबाट ७ जना प्रवेश गरेका थिए । उनीहरुलाई एमालेबाट प्रदेशसभाका उम्मेवार घनश्याम पाण्डेले पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशिले एमालेबाट नै देश विकास सम्भव भएकोले पार्टीमा प्रवेश गरेको बताएका छन् ।

 

उनीहरुले माओवादी केन्द्र र कांग्रेसबाट आश्वासन मात्रै पाएको तर जनताको समस्या समाधानमा चासो नदेखाएको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार पाण्डेले जनताको भविष्य एमालेमा भएको हुँदा जनताको आकर्षण बढेको बताएका छन् । कार्यक्रमको सहजिकरण वडा कमिटी सचिव होताराम केसीले गरेका थिए ।