बम प्रहार गर्ने धम्की आएपछि टोकियो उच्च अदालत अस्थायीरुपमा बन्द



 जापान।

सोमबार टोकियो उच्च अदालतमा बम राखिएको धम्की आएपछि केहि समय दैनिक कामकाज ठप्प भएको बुझिएको छ ।

टोकियोको कासुमिगासेकी प्रशासनिक क्षेत्रको मुटुमा रहेको उच्च अदालत भवन दिउँसोदेखि २ बजेसम्म प्रवेश बन्द गरी सुरक्षा जाँच गरिएको थियो। त्यस अवधीमा कुल २६७ मुद्दाहरुमा बहस हुने समय तालिका तय भएका थिए । बमको धम्की पश्चात हिजो सम्पुर्ण अदालती प्रकृयाहरु प्रभावित भएका थिए ।

जापानका विभिन्न सरकारी निकायहरुमा ईमेल तथा पत्र मार्फत बम पड्काउने धम्की आउने गरेको छ । यद्यपी हालसम्म त्यस्ता धम्की दिनेहरुले वास्तवमा बम हमला गरेको घटना भने छैन।

प्रहरीका अनुसार जापानको अध्यागमन सेवा एजेन्सीलाई सोमबार बिहान ३:२५ बजे इमेल प्राप्त भयो जसमा लेखिएको थियो – “म दिउँसो १:३४ बजे टोकियो जिल्ला अदालतमा विस्फोट गराउनेछु” यो ईमेल प्राप्त भएपछि टोकियो उच्च अदालत तथा जिल्ला अदालत दुबै प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्