चीन र अमेरिकाको असल द्विपक्षीय सम्बन्ध विश्वको अपेक्षा : राष्ट्रपति सी

0
Shares

बाली।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् ।

राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका छन् र मानवहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छन् भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् ।

जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको पनि बताए ।