टर्कीमा शक्तिशाली विस्फोट : ४ जनाको मृत्यु, दर्जनौँ घाइते

0
Shares

एजेन्सी ।  

टर्कीको राजधानी इस्तानबुलको एउटा व्यस्त सडकमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन् । ‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएका विवरण सार्वजनिक भएको छ’ इस्तानबुलका गर्भनर अली यर्लिकायाले ट्वीटरमा भने ।

विस्फोटबारे ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ । विस्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।