पर्टी प्रवेशको लहरले जित सुनुश्चित भईसक्यो : एमाले उम्मेदवार

0
Shares

तुलसीपुर । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु न्ेकपा (एमाले)मै फर्किएका छन् । लामो समयदेखि एमालेमा रहेका उनी पार्टी विभाजनको बेला एकीकृत समाजवादीमै रहेका थिए ।

समाजवादी स्वार्थमा लिप्त भएको भन्दै एमालेमै फर्किएको डाँगीले बताएका छन् । डाँगीसहित २ जना जिल्ला सदस्य, २ जना नगर कमिटी सदस्यसहित ५ जनालाई एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा स्वागत गरेका हुन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ निवासी दलबहादुर महतरा, महेन्द्रकुमार सेन, बेदबहादुर बुढा र खुमबहादुर गिरी एमालेमै फर्किएका हुन् ।

तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमालेका नेताहरु शोभाराम बस्नेत, प्रदेशसभाका उम्मेदवार घनश्याम पाण्डे लगायतको उपस्थिति रहेको थियो । उनीहरुले एमालेका उम्मेदवारलाई जिताउने बताएका छन् । कार्यक्रममा भर्खरै एमालेमा प्रबेश गरेका कृष्णवीर नेपाली लगायतको सहभागिता रहेको थियो । यस्तै, तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ निवासी कांग्रेसका युवा नेता रमेश चौधरीसहित दुई दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टीका महासचिव शंकर पोखरेलले घोराहीमा उनीहरुलाई स्वागत गरेका हुन् । यस्तै पश्चिमको शान्तिनगर, बबईमा पनि पार्टी दैनिक पार्टी प्रवेश गर्नेको लहर बढेको छ । उनीहरुलाई प्रतिनिधिसभाका उम्मेदवार कोमल वली, प्रदेशसभाका उम्मेदवार हुकुम बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।

यसरी दैनिक जसो युवादेखि बृद्धहरुसमेत एमालेमा प्रवेश गरेको ३ नम्बर क्षेत्रमा जित सुनुश्चित भएको एमालेका उम्मेदवारहरुले बताएका छन् । यसैबिच, दाङ क्षेत्र नम्बर ३ मा एमालेले घरदैलो तथा चुनावीसभा जारी राखेको छ । निर्वाचनको मिति नजिकिए सँगै उम्मेदवारको दौडधुप पनि बढेको छ ।

यसैक्रममा एमालेले आज तुलसीपुरको वडा नम्बर ५, ७, १४ र १५ लगायत नम्बरमा चुनावीसभा गरेको छ । वडा नम्बर ७ मा आयोजित सभामा प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले जनताको सेवा र विकास गर्नका लागी निर्वाचनमा होमिएको हुँदा जिताउन अपिल गरेकी छिन् ।

उनले पूर्व सिंचाईमन्त्री दीपक गिरीबाट थुप्रै आश्वासन पाए पनि विकास नगरेको जनताले गुनासो गरेको हुँदा आफुले ती समस्या पुरा गर्ने बताएकी थिइन् । यस्तै वडा नम्बर ५ मा भएको कार्यक्रममा दुई दर्जन बढी एमालेमा प्रवेश गरेका थिए । कांग्रेस र माओवादीका नेता कार्यक्रतालाई प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै उम्मेद्वार पाण्डेले जनताको भविष्य एमालेमा भएको बताएका थिए । पाण्डेले आफु नगर प्रमुख हुँदा जनताको चाहना अनुसार आफुले काम गरेको बताएका छन् ।