त्रुटी रोक्न बारामा नमुना मतदान

0
Shares

बारा । आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा त्रुटी नहोस् भनेर नमूना मतदान गरिएको छ । मतदानमा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनमा हुन सक्ने त्रुटीलाई नमूना मतदानमार्फत देखाइएको छ ।

बाराका चार वटै संघीय निर्वाचन क्षेत्रमा जिल्ला निर्वाचन कार्यालयले कर्मचारी एवं सुरक्षाका विषयमा खटिने कर्मचारीलाई तालिम दिएको छ । तालिम पश्चात मतदानमा हुन सक्ने त्रुटीलाई नमूना मतदानद्धारा प्रदर्शनीसमेत गरिएको थियो ।

यस पटक मतपत्रको ढाँचा फरक भएकोले ठिक ढंगले मतदान गर्न सिकाउने उदेश्यले नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्लाका सूरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी, म्यादी प्रहरीको उपस्थिति रहेको थियो ।