माधव नेपालको पार्टी खरानीको डल्लो हो, समाप्त हुन्छ : ओली

0
Shares

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)पार्टी खरानीको डल्लोजस्तै भएको बताएका छन् । शनिबार कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले माधवकुमार नेपालको पार्टी (एकीकृत समाजवादी) समाप्त हुने दाबी गरे । माधव नेपाल कम्युनिस्ट आन्दोलन, पार्टी र उनले देशका विरुद्ध गएको र ठूलो अपराध गरेको भन्दै उनको पार्टी यही चुनावबाट सकिने ओलीले बताए ।

उनले भने, ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ ।’
तत्कालीन एमाले नेता नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि ओलीले दावी गरे। ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलिअलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ उनले भने ।