जन आकांक्षा पूरा गर्न मेरो उम्मेदवारी : ललितपुर-३ का उम्मेदवार खड्का

0
Shares

काठमाडौं । नेकपा (एमाले) ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेfdथिए । तर परिणाम देखाउन सक्नुभएन, त्यसैले मैले उम्मेदवारी दिएको छु । अवस्था विश्लेषण गर्दा मेरो जित सुनिश्चित जस्तै भएको छ ।

उहाँले विभिन्न सञ्चारमाध्यममा मलाई सहयोग गर्नुभएको भाइ उठ्नुभएको छ, भन्ने अभिव्यक्ति दिनु ठूलो विषय हो । मेलै उहाँलाई सहयोग गरेको थिए । यो क्षेत्रका मतदाताको हित हुने काम गर्न नसकेको जस्तो लागेको छ । त्यसैको कारण स्थानीय युवा भएकोले मैले उम्मेदवारी दिएको हुँ । हाम्रो क्षेत्रमा अबको विकास युवाबाट मात्र सम्भव हुasनसक्ने भएकोले तीन दशक लामो राजनीतिक यात्रामा मैले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएको हु ।

म यो भन्न चाहन्छु कि कोही कसैको सहयोगी हुनु नराम्रो हो र ? उहाँलाई असल कामको लागि सहयोग गरेको हो, त्यो कुनै राजनीतिक सहयोग होइन । उहाँलाई हामीले भोट दिएर सांसद बनायौ, मन्त्री हुनुभयो तर राम्रो काम हुनसक्छ भनेर सद्भाव व्यक्त गर्दा सहयोग गर्दा अहिले ठीकविपरित भयो । उहाँबाट जनताको अपेक्षा पुरा भएन, खड्काको भनाइ थियो ।

जनताका अपेक्षा पूरा गर्नेतिर कुनै पहल भएन । उहाँबारे बुझिसकेपछि सहयोग निरन्तर रहन्छ र ? कदापी रहँदैन । उहाँ गठबन्धनबाट उम्मेदवार हुनुहन्छ । हामी एक्लै भिडिरहेका छौँ । यो क्षेत्रलाई एमालेको किल्ला साबित गर्न आफ्नो उम्मेदवारी रहेको छ, खड्काले बताउनुभयो ।