मेरो भिजन र क्षमतालाई देखेर मलाई उम्मेदवार बनाएको हो : अमृत खड्का

0
Shares

ललितपुर । ललितपुर क्षेत्र नं.-३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफ्नो भिजन र क्षमतालाई पत्याएर नेकपा (एमाले) सो पटक टिकट दिएको दाबी गर्नुभएको छ ।

सातदोबाटो युथ क्लबको ९ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । ‘हाम्रो नेपालका किन ५० लाख युवा विदेशीन पुगेका छन् । किन हामी गरिब छौँ । किन युरोपियन अमेरिकन धनि छन् त्यो कुरा बच्चादेखि मेरो दिमाखमा चलथ्यो । मैले बुझि सके तर अब म देश बनाउन सक्छु र तपाईहरुको विश्वास जित्न सक्छु भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले जीवनमा गरेका तमाम कामलाई सफल बनाएको छु । म अब राष्ट्र सफल बनाउन आएको हुँ । मैले जीवनमा सिकेको भाषा भनेको नतिजाको भाषा हो । हामीले मानिसका धेरै इच्छा तथा आकाङक्षा सुन्यौँ । तर गर्नुपर्ने काम भने जति जोगि आएपनि कानै चिर्यका मात्रै भएका छन् ।”

जबसम्म नेतामा आर्थिक पारदर्शिता हुँदैन तबसम्म उसले भ्रष्टाचार नगरिकन, कमिसन नखाइकन र विदेशीको सहयोग नलिइकन आफ्नो राजनीतिलाई अघि बढाउन नसक्ने खड्काको बुझाइ रहेको छ ।

चुनाव यति महन्गो भएको छ कि यो कुरा मतदाताले बुझ्नुपर्छ । एउटा मान्छे नेता भएर आएपछि उसलाई हरेक सेवा सुविधा उप्रयोग गर्न कहाँबाट पुग्छरु भन्ने प्रश्न गर्दैै उहाँले मतदाताले बुझ्न जरुरी भएको सुझाव दिनुभयो ।

नेताले यस्तो गर्छु । उस्तो गर्छु भनेर झुक्याएको भरमा पछि नलाग्न उहाँले मतदातालाई सहचेत गर्नुभएको छ । मतदाताले आफूहरुलाई सो निर्वाचनमा विजय गराएर पठाएमा मुलुकका लागि थुप्रै काम गर्ने खड्काले वचनवद्धता गर्नुभएको छ ।

विदेशीयका युवालाई नेपाल फर्काउने कसरी भन्ने भिजन आफूसँग रहेको बताउँदै खड्काले हरेक मानिसको घर, दैलो तथा सडक सफा पार्ने योजना आफूमा रहेको जिकीर गर्नुभयो ।

हालको सो आधुनिक युगलाई मध्यनजर गरेर सो क्षेत्रमा माइक्रोसफ्ट को कम्पनी ल्याएर आइटी पार्क सातदोवाटो क्षेत्रमा निर्माण गरी १० हजार युवालाई काम दिएर बेरोजगारीको समस्या न्यूनिकरण गर्ने धारणा राख्नुभयो ।

ललितपुरमा रहेको फोहरमैलाको समस्या समाधान गर्न आफु कटिबद्ध रहेको जानकारी दिदै भन्नुभयो– करिब ४५ करोडमा मेशिन ल्याएर समस्या समाधान गर्न पहल गर्नेछु ।

आफूहरु प्रतिनिधिमा मुलुकको समस्याको समाधान खोज्ने, नवप्रवर्तनमा ध्यान दिन सक्ने र रोजगारीको सिर्जना गर्न सक्ने खुबी रहेको उहाँले आँैल्याउनुभयो । नेपालका नियम कानून परिवर्तन गर्न सो पटक आफू सांसदमा जान जरुरी रहेको खड्काको मत रहेको छ ।