मतदाता शिक्षामा केन्द्रित हुन बुद्धिजीविहरुलाई सत्ता गठबन्धनका उम्मेद्ववार थापाको आग्रह

0
Shares

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्ववार केशवबहादुर थापा सूर्यवंशीले बुद्धजीविहरुलाई मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गर्नु भएको छ । उहाँले बदर मत रोक्दा मतदाताले दिएको मतको पनि कदर हुने र जति बदर मत घटाउन सकिन्छ त्यति आफूहरुलाई फाईदा हुने बताउनु भयो ।

आज (शनिबार) बुटवलमा आयोजना गरिएको बुद्धिजीविहरुको भेटघाट कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि पनि बुद्धजीविहरुले मतदातालाई मतदाता शिक्षा दिन आग्रह गर्नु भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहनु भएका उम्मेद्ववार थापाले यो निर्वाचन संविधान र व्यवस्था बचाउने वा समाप्त गर्ने विषयको जनमत संग्रह जस्तै रहेको बताउनु भयो । संसदमा झण्डै दुई तिहाई नजिक रहेको एमाले अध्यक्ष केपि ओलीले आफ्नो घर झगडाको विषयलाई लिएर दुई दुई पटक संसद विघटन गरेको बताउँदै अब पनि एमालेले जिते संविधान र व्यवस्था समाप्त गर्ने आरोप लगाउनु भयो ।

बुटवलमा झुम्साको पानी ल्याउंछु भनेर विष्णु पौडेलले भोट माग्दाका बच्चाहरु अहिले तरुण भईसके, कति त युरोप अष्ट्रेलिया पुगिसके होलान् ।’ उहाँले भन्नूभयो– ’पानी ल्याउनुको साटो अहिले पनि त्यही झुट्टा नारा लगाउँदै हुनुहुन्छ, यो ठूलो वैमानी हो ।’

उहाँले यहाँको विकासको लागि सत्ता गठबन्दनसंग सहमति, सहकार्य र एकता गरिएको र यो गठबन्धनका उम्मेद्ववारलाई जिताउन सबैलाई आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेस सभा सदस्य पदका उम्मेद्ववार बामदेव क्षेत्रीले यहाँको विकास र समृद्धिको लागि गठबन्धनका उम्मेद्ववारले जित्नुपर्ने बताउनु भयो । उहाले अगाडिका चुनावमा जनता ढाटेका नेतालाई भुलेर पनि मत दिन नहुने भनाइ राख्नु भयो ।

रुपन्देही क्षेत्र नं। २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनीधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा ९क० बाट नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर केसी र (ख)बाट माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई उम्मेद्ववार बनाएको छ ।