भूकम्प पीडितको उद्दार कार्यमा नेपाली सेना (तस्विरसहित)



काठमाडौं । भूकम्प पीडितहरूको नेपाली सेनाले उद्दार गरेको छ । आज (बुधबार) बिहान करिब २ः१३ बजे खप्तड ईलाका केन्द्र बिन्दु बनाइ गएको ६.६ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाएका र घाइतेहरूको सेनाले उद्दार गरेको हो ।

डोटी पूर्वीचौकी गाउँपालिका–३ स्थित गैरागाउँमा भूकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै घाइते ७ जनालाई सेनाले उद्दार गरेको छ । घाइतेको उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको सेनाले जनाएको छ ।

 

गम्भीर घाइते २ जनाको सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको बताइएको छ ।

सेनाको उद्दार टोलीद्वारा जिल्ला रेडक्रस सोसाईटी, डोटीसँग आवश्यक समन्वय गरी भूकम्प पीडितका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरुसमेत वितरण गरिएको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्