पूर्वमन्त्री आलेद्वारा भूकम्पबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोगको घोषणा

0
Shares

डोटी ।

पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातीको भूकम्पमा परि मृत्यु भएका ६ जनाका परिवारहरुलाई रु एकलाख ५० हजार राहत दिने घोषणा गर्नु भएको छ ।

आज बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुग्नु भएका पूर्वमन्त्री आलेले मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नु हुँदै मृतकका परिवारहरुलाई राहत सहित आवश्यक काज क्रियामा सहयोग पुगोस् भन्ने उदेश्यले जनही रु २५ हजारका दरले रु एक लाख ५० हजार राहतको घोषणा गर्नु भएको हो ।

आफुले घोषणा गरेको उक्त रकम जिल्ला विपद् व्यवस्थापन समिति मार्फत तत्कालै उपलव्ध गराउने जानकारी दिनुभयो । यसैगरी उहाँले अन्य बिभिन्न निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।