भूकम्प प्रभावितलाई तत्काल राहत तथा उद्दारको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डोटीलाई केन्द्रविन्दु बनाएर मंगलवार मध्यरातमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूलाई तत्काल राहत तथा उद्दारमा खटिन निर्देशन दिएका छन् ।

डोटीमा भूकम्पले ८ घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रधानमन्त्री देउवाले बुधवार बिहान घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न समेत निर्देशन दिएका छन् । उनले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन् ।