डोमिनिकन रिपब्लिकमा वर्षाका कारण ६ जनाको मृत्यु

0
Shares

एजेन्सी । 

डोमिनिकन रिपब्लिकमा भीषण वर्षाका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । राजधानी सान्टो डोमिङ्गोका केही क्षेत्रमा एकै दिनमा मासिक औसतभन्दा दोब्बर वर्षा भएको छ ।

भारी बर्षा नजिकिदै गरेको थाहा पाएपनि एक्कासी परेको पानीले अचम्ममा परेको मौसमविद्ले बताएका छन् । भारी वर्षाका कारण सडकहरु जलमग्न भएका छन् ।  वर्षापछिको बाढीले विभिन्न स्थानका सडक खण्ड अबरुद्ध भएका प्राप्त विवरणहरुमा जनाइएको छ ।