डोटी भूकम्प : पूर्वमन्त्री आलेसहितको टोली पीडितको अवस्था बुझ्न अस्पतालमा

0
Shares

डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराती गएको भूकम्पमा परि घाईते भएका पीडितहरुको उपचार तथा स्वास्थ्य अवस्था बुझन जिल्ला अस्पताल डोटीमा पुग्नु भएको छ ।

पूर्वमन्त्री प्रेमबहादुर आले तथा काग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्का टोली गैरागाउँ पुगेर अहिले जिल्ला अस्पतामा आइपुगेको हो । भुकम्पमा परी घाईते भएकाहरुको उपचार गर्न लैजानका लागि पूर्वमन्त्री प्रेमबहादुर आले र  प्रदेश सांसद भरतबहादुर खड्काकाे पहलमा हेलिकप्टर आउँदै छ ।

पूर्वमन्त्री आले तथा खड्काले भुकम्पमा परि पीडित भएकाहरुलाई आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभएको छ । उक्त भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् । भुकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।