डोटी भूकम्प : पूर्वमन्त्री आलेसहितको टोली पीडितको उद्दारमा गैरागाउँमा

0
Shares

काठमाडौं ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराती गएको भुकम्पमा परि घाईते भएका पीडितहरुको उद्दारका लागि पूर्वमन्त्री प्रेमबहादुर आले तथा काग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्को टोली गैरागाउँमा गएराती नै पुगेको छ । भुकम्पमा परि घाईते भएकाहरुको उपचार गर्न लैजानका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेका पहलमा अहिले हेलिकप्टर आइरहेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

पूर्वमन्त्री आले तथा खड्काले भुकम्पमा परि पीडित भएकाहरुलाई आवश्यक सहयोगका लागि पहल गरिरहनु भएको छ । भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् । भुकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।