प्युठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

0
Shares

काठमडौं ।

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरकाअनुसार मृत्यु हुनेमा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्ती छन् ।

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के।एम। सामान्य घाइते रहेका छन् ।

जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन् ।