डाेटीमा ६.६ म्याग्निच्यूडको भूकम्प : ३ जनाको मृत्यु, थप विवरण संकलन हुँदै

0
Shares

धनगढी ।

डोटीमा मंगलबार ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ ।  पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ । यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। कतिपय ठाउँमा भूकम्पलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुरुमा मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।