बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं । बैंकिङ कसुरमा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ परेको छ । तोकिएको जरिवाना तिर्न नसकी लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएकाृ छ ।

पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई रहेको प्रहरीले बताएको छ । आज (मंगलबार) उनलाई सोही नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको बैशाख ४ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा चार लाख ९० हजार एकसय जरिवाना सजाय तोकेको थियो ।

साईले उक्त जरिवाना तिर्न नसकेपछि पक्राउ गरि कारागार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।