चुनाव अवधिभर मदिरान्य पदार्थ बिक्री वितरणमा रोक

0
Shares

बाजुरा । जिल्लामा निर्वाचन अवधिभर मदिराजन्य विक्री बितरणमा रोक लगाइएको छ । अस्ति (आइतबार) जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।

आइतबारदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लामा मदिरा ओसार पसार, बिक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ । कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला हुने कुटपिट झैझगडा हुने निर्वाचन बिथोल्न सक्ने जस्ता अपराधिक क्रियाकलाप हुनसक्ने भएकाले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न मदिरा नियन्त्रण गरेको स्थानीय अधिकारीले बताए ।