प्रचण्डविरुद्ध भोट मागेपछि ऊर्जामन्त्री आचार्य बर्खास्त

0
Shares

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध भोट मागेपछि गण्डकी प्रदेशका एक मन्त्रीलाई बर्खास्त गर्न पत्र पठाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रचण्डविरुद्ध भोट मागेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएको हो ।

आचार्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मत मागेको भन्दै सर्वत्र आलोचना भएपछि मुख्यमन्त्रीले हटाउन लागेको उनका प्रेस संयोजक भरत कोइरालाले जनाकारी दिए ।

आचार्य २०७४ को गण्डकी प्रदेशसभा निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट निर्वाचित भएका थिए । गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए ।

यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।