विश्वकै सर्वाधिक राशिको चिठ्ठा केही समयपछि अमेरिकामा खोलिदै 

0
Shares

क्यालिफोर्निया।

विश्वकै सर्वाधिक राशिको चिठ्ठा केही समयपछि संयुक्त राज्य अमेरिकामा खोलिने भएको छ ।

पावर बल नाम दिइएको १ दशमलब ६ बिलियन अमेरिकी डलर (नेपाली रुपियाँ झण्डै २ खर्ब १० अर्ब) बराबरको उक्त चिठ्ठा नेपाली समय अनुसार आज कात्तिक २० गते आइतबार विहान ११ बजे अमेरिकाको व्यापारिक राज्य न्यूयोर्कमा खोलिने छ ।

१८ वर्ष माथिका जो कोहीले खरिद गर्न सक्ने सो पावर बल टिकटको प्रति इकाई मूल्य २ डलर रहेको छ ।

गिनिज बुक अफ दि रेकर्ड समेत ब्रेक गरेको उक्त चिठ्ठा अमेरिकामा सातामा ३ पटक खोलिने गरेको छ । विगत दुई साताबाट कसैलाई नपरेको सो चिठ्ठा यसअवधिमा ३० लाखभन्दा बढी खरिद भएको जनाइएको छ ।