काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो

0
Shares

काठमाडौं । काठमाडौंबाट रुकुमतर्फ जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

आज (शनिबार) साँझ बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले बतायो ।