मेयर बालेनलाई दुई दिनभित्रै जवाफ दिन निर्वाचन आयोगको निर्देशन

0
Shares

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ ।

ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।