झापा-३ मा सिटौला र लिङ्देन चौथो पटक रोचक भिड्दै



भद्रपुर । झापा क्षेत्र नम्बर–३ यो पटक पनि रोचक हुने भएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग चौथो पटक प्रतिस्पर्धामा पुनः देखिएपछि यो क्षेत्रमा सबैको चासो बढेर गएको छ ।

अहिले कांग्रेसका सिटौलालाई सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को साथ रहेको छ भने राप्रपाका लिङदेनलाई एमालेले जुरुक्कै बोकेको छ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट उम्मेदवार बनेका लिङ्देनलाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले यो पटक पनि सासद बनाउने स्वघोषित गर्दै भाषण ठोकिरहेका छन् ।

तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिस्पर्धामा उत्रिएका कारण यो क्षेत्रमा चासो बढेर गएको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ मा हुने निर्वाचनमा विगतलाइ हेर्ने हो भने सिटौलाका लागि चुनाव त्यति प्रियकर छैन ।

०४८ साल यता उहाँले भाग लिएका ६ वटा चुनावमध्ये ३ वटामा मात्रै जीत हात पार्नुभएको छ । सिटौलाले ०४८, ०५१ र ०६४ सालका चुनाव हार्नुभएको थियो भने ०५०, ०५६ र ०७० मा भएका संसदीय चुनावमा विजयी हुनुभएको थियो ।

वि.सं.२०४८ सालदेखि निर्वाचन क्षेत्रनम्बर ३ बाट निरन्तर चुनाव लड्दैं आउँनुभएका सिटौला वि.सं २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित भइसक्नु भएको छ । सटौलाका लागि बल्ल २०५६ र २०७० सालमा संसद्को ढोका खुल्यो ।

६ पटक चुनावी प्रतिस्पर्धा गर्दा दुई पटकमात्र परिणाम हात पार्न सफल हुनुभएका सिटौला र राप्रपाका लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिनुभएको थियो । उहाँहरु पुनः२०७९ मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा फेरि चौथो पटक आमने सामने देखिने पक्का भएको छ ।

२०६२÷२०६३ को राष्ट्रिय जनआन्दोलन सफल भए लगत्तै पहिलो पटक भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग सिटौला पराजित हुनुभयो । त्यस्तै २०५६ सालमा पहिलो पटक निर्वाचन क्षेत्रनम्बर ३ बाट निर्वाचन शुरु गर्नुभएका लिङ्देन २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएन् ।

२०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आउनुभएका उहाँलाई २०७४ सालको निर्वाचनबाट परिणाम हात पर्यो र संसद् यात्रा शुरु भयो । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गदैं विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत र लिङ्देन ९ हजार २ सय ५३ मत ल्याइ पराजित हुन भयो ।

तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ काङ्ँग्रेसका सिटौलालाई नराम्ररी पराजित हुनु परो । २०७४ सालमा नेकपा एमालेको समर्थनबाट उम्मेदवार बन्नुभएका लिङ्देनले ४४ हजार ६ सय १४ मतका साथ विजयी हुनुभयो ।
काँङ्ग्रेसका सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गर्नुभयो ।

सिटौलाले गणतन्त्र प्राप्ति र शान्तिप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकालाई मतदाताले अनुमोदन गर्ने आत्मविश्वास राख्नुभएको छ । उम्मेदवारी दर्ता र त्यसपछिका हरेक अभिव्यक्तिमा उहाँले गणतन्त्रको प्रखर वकालत गरिरहनुभएको छ । किनभने वाम गठबन्धनको समर्थनमा उहाँविरुद्ध उम्मेदवार बन्नुभएका राप्रपाका नेता लिङ्देन पार्टीका अध्यक्ष मात्रै होइन कट्टर राजावादी अभियन्तासमेत हुनुहुन्छ ।

त्यसैले सिटौला गणतन्त्रको पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा हुनुहुन्छ । तर मंसिर ४ को मतदानमा झापा ३ मा मौजुदा अवस्थाको अङ्कगणित हाबी होला कि सिटौलाले सोचेझैं गणतन्त्रवादी रुझान निर्णायक होला ? यसको उत्तरले उहाँको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ ।

क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला गरी कुल १ लाख ३१ हजार ४३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्