भारी अन्तरले हामीले चुनाव जित्छौं : मन्त्री चौधरी

0
Shares

दाङ ।

दाङ क्षेत्र नम्बर १ का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताउनुभएको छ ।

शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भन्नुभयो, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ ।

जनताले ठुलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो । नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ । संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत् विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिवद्धता छ ।

जनताको चाहना पनि त्यही छ । त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । यीनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’

जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने बताउनुभयो ।