यो चुनाव एमालेका लागि महाभारतको युद्ध हो : उपमाहासचिव गुरुङ

0
Shares

लमजुङ।

नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधि सभामा नेकपा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले यो चुनाव महाभारतको युद्ध भएको बताउनु भएको छ । यहि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटी लमजुङले अयोजना गरेको निर्वाचन प्रचारप्रसार अभियानको सुभारम्भ कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताउनुभएको हो ।

एमाले उपमहासचिव एवं प्रतिनिधी सभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रबादी शक्ति नेकपा एमालले जित्नैपर्ने भएकोले यो चुनाव नेकपा एमालेका लागि महाभारतको युद्ध भएको बताउनुभयो । नेकपा एमालेको जित नहुदा कालापानी, लिपुलेक, र लिम्पियधुरा लगातय नेपाली भू -भागहरु फेरि पनि धारापमा पर्ने बताउनुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपालको राट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हाँसिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एमलेका केन्द्रिय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घले ले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जस्ले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधी भएर जादा त्यो जिम्मेबारीलाई कुशलतापुर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निस्कलंक व्यक्तिलाई चुन्नसके मात्रै जिल्लाको विकास हुने बतउनुभयो ।

लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मस्र्याङदी पारी पारी लगेर स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनारकिनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा रखेर यो काम गर्ने बताउनुभयो ।

त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उमेदबारहरु रहेका भन्दै नेकपा एमालेको जित सुनिश्चि भएको बतउनुभयो ।

उहाँले राष्ट्रघाती गठबन्धनको सरकार देखेर दिक्क भएका नेपाली जनताहरु यो परमादेशी सरकारलाई विदा गरेर नेकपा एमालेको राष्ट्रियताबादी सरकारलाई जिताउनका लागि नेपाली उत्साहित देखिएको बताउनुभयो ।

निर्वाचन प्रचार प्रसार अभियान शुभारम्भ कार्यक्रम बेँसीशहरको मनाङे चौताराबाट बेँसीशहर बजारमा प्रभातफेरी गर्दै शेराचोकमा पुगेर कोेणसभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले जिल्ला सचिव सुभाष पौडेलले गर्नुभएको थियो ।