प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सिताराम खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सिताराम खड्कालाई प्रधान सेनापतिले शुक्रबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो। पदोन्नती हुनु भएका रथी सिताराम खड्का बलाध्यक्षमा नियुक्तिहुनु भएको छ ।

सोही आवसरमा उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी विजय थापा र सहायक रथी आश बहादुर तामाङ्ग पिएच.डि. लाई प्रधान सेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ । पदोन्नती हुनु भएका उपरथी विजय थापा सुदूरपश्चिम पृतना हे.क्वा.का पृतनापति र उपरथी आश बहादुर तामाङ्ग पिएच.डि. नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति हुनु भएको छ ।

उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्‍डाले जनाएको छ।