राप्रपा प्रत्यक्षतर्फका उम्मेदवार ई.सुबोध बस्नेत माओवादी केन्द्र प्रवेश

0
Shares

गोरखा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोर्खा २(१) का प्रत्यक्षतर्फका उम्मेदवार ई. सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्दै उनले भने, ‘नेपालको राजनीतिको सही निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्छ । नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु। म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु’।