सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने



काठमाडौँ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासबाट आजै थुनछेक आदेश जारी हुँदै छ ।

सन्दीपविरुद्धको मुद्दामा मंगलबारदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । सरकारी वकिलको तर्फबाट न्यायाविवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा चारजना सरकारी वकिल, जाहेरवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सन्दीपको तर्फबाट ११ जना कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

सरकारी वकिलहरु र जाहेरवालाको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गर्दै बहस गरेका हुन् । सन्दीपको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले धरौटीमा रिहा गर्न माग गरेका छन् ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार न्यायाधीश घिमिरेको इजलासले आजै थुनछेक आदेश जारी गर्नेछ। सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ।

प्रतिक्रिया दिनुहोस्