ब्याजदर वृद्धिविरुद्ध माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन (फाेटाे फिचर)



काठमाडौं ।

माइतीघर मण्डलामा बैंकहरुले व्याजदर बढाएको विरोधमा उद्योगी व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्। बैंकहरुले कर्जा असुली, लिलाम र ब्याजदरमा अप्रत्यासितवृद्धि गरेकाे उल्लेख गर्दै उनीहरूले माइतीघरमण्डलामा प्रदर्शन गरेका हुन्।

बैंकहरुले जवरजस्ती आधारदरवृद्धि गरेको व्यवसायीले आरोप लगाएका छन्। बैंकहरुको कारण उद्योगहरुको उत्पादन क्षमता ४० देखी ५० प्रतिशत गर्न कठिन भएको व्यवसायीले बताएका छन्।

आर्थिक वर्षको सुरुवातसँगै लगानीयोग्य पूँजीको अभाव भन्दै एउटा बैंकको निक्षेप अर्कोले लुट्ने होडबाजी चलेको व्यवसायीहरुले बताएका छन् । व्याजदर वृद्धि भए पनि कुल निक्षेप बढ्न नसकेको व्यवसायीले उल्लेख गरेका छन्।

काठमाडौं उपत्यकाका ३ जिल्लासहित काभ्रे र सिन्धुपाल्चोकका उद्योग वाणिज्य संघले संयुक्त रुपमा माइतीघरमा आन्दोलन गरिरहेका छन्। माइतीघरमा धर्ना दिँदै व्यवसायीले मुख्य ५ बुँदे माग अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्