‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो : घनश्याम भुसाल

0
Shares

बुटवल ।

पूर्व एमाले नेता घनश्याम भुसालले सुखी नेपाली, समृद्ध नेपाल को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दावी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ’सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् ।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसंग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसाले आग्रह गरे ।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ ९१० का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए । पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए ।

त्यस्तै प्रदेश १९२० का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्द बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए ।