मुसोलिनीलाई खुसी दिलाएको विश्वकप

0
Shares

काठमाडौं । 

सन् १९३२ मा स्टकहोममा भएको फिफा कंग्रेसको बैठकले सन् १९३४ को विश्वकप फुटबल प्रतियोगिता इटालीमा आयोजना गर्ने तय ग-यो । विश्वकप आयोजना गर्न स्विडेनले पनि प्रस्ताव राखे पनि अन्तिममा नाम फिर्ता लिएको थियो । यो निर्णयले सबैभन्दा बढी खुसी तानाशाह बेनिटो मुसोलिनीलाई दिलायो । मुसोलिनी विश्वलाई देखाउन चाहन्थे कि इटाली कति बलियो छ भनेर । उनले जे सोच्यो त्यही नै भएको थियो । अर्को विश्वकप आयोजना गर्ने अधिकार पाएपछि इटाली सरकारको राजनीतिक उद्देश्य पनि पूरा हुने भयो ।

उरुग्वेले यस विश्वकपलाई बहिष्कार गरेर एक नमिठो कीर्तिमान बनायो । उरुग्वे पहिलो विश्वकपको विजेता राष्ट्र थियो । यो दक्षिण अमेरिकी राष्ट्र फुटबलमा त्यतिबेला बलियो टोली थियो । त्यतिबेला अर्जेन्टिना र ब्राजिल अहिलेजस्तो शसक्त टोली थिएनन् । उरुग्वेको अगाडि यी दुबै पावरहाउस कमजोर नै थिए । जब उरुग्वेले इटालीमा खेल्न अस्विकार गरेपछि इटालीलाई उपाधि जित्ने आधार पनि बन्यो ।

अर्को अर्जेन्टिनाबाट पहिलो विश्वकप फाइनलमा उत्कृष्ट खेलेका तीन खेलाडी मोन्टी, ओर्सी र गुएताले इटालीबाट खेल्नु पनि आयोजक राष्ट्रलाई उपाधि जित्न मद्दत पुगेको थियो । यी तीन खेलाडीको अनुपस्थितमा अर्जेन्टिनाले फरक टोली पठाउनुप¥यो । मोन्टीका पूर्वज इटालियन भएको हुँदा उनलाई इटाली टोलीमा सहभागिता गराएका थिए । ओर्सीले पनि इटालीबाटै खेलेका थिए । फाइनलमा गोल गर्ने पनि उनै थिए ।

यो विश्वकपमा पनि ब्रिटिस टोलीको सहभागिता भएका थिएनन् । इंग्ल्यान्ड, स्कटल्यान्ड राम्रा टोली थिए । तर, महादेशीय प्रतियोगितामा पराजित भएपछि यी टोलीले खेल्न पाएनन् । विश्वकप शुरु हुन दुई हप्ताअघि भएका छनोट खेलमा हंगेरी र चेकोस्लोभाकियासँग पराजित भएका थिए । स्कटल्यान्डलाई भने अस्ट्रिया र इटालीले हराएका थिए । यसले पनि इटालीको लागि उपाधि जित्न अझ सहज बनाइदिएको थियो ।

पहिलो विश्वकपमा धेरै जसो युरोपेली टोलीले खेल्न मानेका थिएनन् । तर, यस विश्वकप युरोपमै हुने भएको हुँदा यसमा सहभागी हुनेको टोली संख्या ३१ मा पुगेको थियो । त्यसैले, छनोट चरण आयोजना गर्दै प्रतियोगिताको लागि १६ टोलीमा समेटिएको थियो । युरोपबाट फ्रान्स, इटाली, स्पेन, हंगेरी, अस्ट्रिया, स्विडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्डस्, रोमानिया, चेकोस्लोभाकिया, जर्मनी, बेल्जियम गरी १२ टोली छनोट भए । बाँकी चार टोलीमा अमेरिका, ब्राजिल, अर्जेन्टिना र इजिप्ट थिए । गत विश्वकपमा सेमिफाइनलमा पुगेको युरोपेली टोली युगोस्लाभिया छनोट चरणबाटै बाहिरिएको थियो ।

विश्वयुद्धको प्रभाव

यो विश्वकप शुरु हुँदै गर्दा दोस्रो विश्वकपको छनक आइसकेको थियो । यसैले टाढा टाढाका टोलीहरू छिटै घर फर्कने तयारीमा थिए । यसमा अमेरिका पहिलो चरणमै इटालीलाई ७–१ को नतिजा सुम्पेर घर फर्कियो । यस्तै ब्राजिल स्पेनसँग ३–१ ले हा¥यो भने अर्जेन्टिना स्विडेनसँग ३–२ ले पराजित भएको थियो । अफ्रिकी टोली इजिप्ट पनि हंगेरीविरुद्ध ४–२ ले हारेपछि क्वार्टरफाइनलमा पुगेका आठै टोली युरोपका थिए ।

इटालीको रफ खेल

क्वार्टरफाइनलमा इटालीले स्पेनलाई रफ खेलेर हराएको थियो । स्पेन १–० ले अघि रहेको स्थितिमा इटालीले रफ खेलेको थियो । साथै, हारको संघारमै पुगिसकेको इटालीले विवादास्पद गोल गरेर १–१ बराबरीमा खेल पु¥यायो । इटालीको रफ खेलको परिणाम स्पेनका सात खेलाडी घाइते भएका थिए । त्यतिबेला खेल बराबरी भएमा पेनाल्टी हान्ने प्रावधान रहेको थिएन । यसैले यो खेल अर्को दिन खेलाउँदा इटालीले स्पेनलाई १–० ले हराएको थियो ।

अन्य क्वार्टरफाइनल खेलमा अस्ट्रियाले हंगेरीलाई २–१ ले हरायो । जर्मनीले स्विडेनलाई पनि यही गोलअन्तरले हराएको थियो । अर्को खेलमा चेकोस्लोभाकियाले स्विट्जरल्यान्डलाई हराउन निकै पसिना बगाउनुप¥यो । यो खेल चेकोस्लोभाकियाले ३–२ ले जितेको थियो । २–२ बराबरी भएको स्थितिमा ओल्ड्रिच नेजेड्लीले विजयी गोल गरेका थिए ।

फाइनल खेल

सेमिफाइनल खेलमा चेकोस्लोभाकियाले जर्मनीलाई ३–१ ले हरायो भने इटालीले अस्ट्रियालाई १–० ले हराएको थियो । चेक टोलीका लागि नेजेड्लीले हेट्रिक गरेका थिए । इटालीको जितमा भने पहिलो विश्वकपमा अर्जेन्टिनाबाट खेलेका गुएताले निर्णायक गोल गरेका थिए । फाइनल खेल निकै रोमाञ्चक भएको थियो । करिब ७० मिनेटसम्म दुबै टोलीबाट गोल भएको थिएन । फाइनल खेल हेर्न मुसोलिनी पनि उपस्थित थिए । ७१ औं मिनेटमा चेकोस्लोभाकियाले गोल गरेर इटालीलाई निरास पारेको थियो ।

तर, पहिलो विश्वकपमा अर्जेन्टिनाबाट खेलेका ओर्सीले आफ्नै एकल प्रयासमा ८१औं मिनेटमा सुन्दर गोल गरेर इटालीलाई खेलमा फर्काए । यसपछि इन्जुरी समय ९५औं मिनेटमा एन्जेलो सियाभियोले गोल गरेर इटालीलाई २–१ ले जित दिलाए । यो जितले खेलाडी र प्रशिक्षकलाई जीवन दान पनि मिलेको थियो । किनभने मुसोलिनीले खेल अघि खेलाडी र प्रशिक्षकलाई चेतावनी सन्देश पठाएका थिए । खेलाडीलाई ‘गर या मर’ भनेर कडा सन्देश पठाएका मुसोलिनीले इटालीका प्रशिक्षकलाई यदि हारेमा भगवान्ले नै तिमीलाई मद्दत गर्नेछन् भनेर सन्देश पठाएका थिए ।

डिक्टाटर मुसोलिनीले यो विश्वकप फासिस्टबादलाई प्रवद्र्धन गर्ने रूपमा लिएका थिए । इटालीमा शासन गरेका उनले मिडियालाई नियन्त्रणमा समेत लिएका थिए । धेरै जसो रेफ्रीलाई पनि उनले भने जस्तो निर्णय गराएका थिए । भनिन्छ इटालीको खेलमा मुसोलिनीले रेफ्री छनोट गरेका थिए । यो विश्वकपमा फासिबादको चिह्न पनि प्रचारमा ल्याइएको थियो ।
दोस्रो विश्वकप फुटबल १९३४
आयोजक राष्ट्र: इटाली, २७ मे—१० जुन
विजेता: इटाली
उपविजेता: चेकोस्लोभाकिया
तेस्रो र चौथो: जर्मनी र अस्ट्रिया
सहभागी टोली:१६
गोल: १७ खेलबाट ७० गोल
शीर्ष गोलकर्ता:ओल्ड्रिच नेजेड्ली (चेकोस्लोभाकिया) ५ गोल