निर्वाचनका लागी २८ देखि ७० वर्षका उम्मेदवार प्रतिस्पर्धामा

0
Shares

काभ्रे । 

मसिंर ४ गते हुने निर्वाचनका लागी काभ्रेमा राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी बाहेक दलको हैसियतकै लागि १६ दलले प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन् भने स्वतन्त्र १२ उम्मेदवार छन् । दलबाट उम्मेदवारी दिने ५२ छन् ।

उम्मेदवार मध्ये सबै भन्दा कम उमेरका ३ जना छन् भने ४० वर्ष कम उमेर भएका १५ जना छन् । कम उमेर हुनेहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २८ बर्षिय विजय तामाङ, मंगोल नेशननल अर्गनाईजेशनका २८ बर्षिय अचम्म लामा र नेपाल मजदुर किसान पार्टीका २८ बर्षिय प्रज्ञान अस्तानी मगर छन् ।

गठवन्धनबाट उम्मेदवार बनेका प्रतिनिधि सभा २ का ६१ बर्षिय उम्मेदवार शिवप्रसाद हुमागाईले आफु युवा भएकाले सडक पसलमा चिच्याउने मात्रै युवा नहुने भन्दै सार्वजजिक कार्यक्रममा भाषण गरेसँगै उम्मेदवाहरुको उमेरका बारेमा मतदाताहरुले जिज्ञासा राख्न थालेका हुन् । उनको निर्वाचन क्षेत्रबाट १६ जना मध्ये २ जना २८ वर्षका उम्मेदवार छन् भने ३ जना ४० नकटेका छन् । ५ जना उम्मेदवार ४० देखि ४५ नकटेका छन् ।

उनको उमेरका २ जना उम्मेदवार छन् । उनको क्षेत्रमा ६४ वर्षका सिद्धिबहादुर जोशी जनता समाजबादी पार्टीबाट प्रतिस्पर्धामा छन् । हुमागाई २०५६ मा सांसद भई परिक्षण भईसकेका उम्मेदवार हुन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री गोकुल बास्कोटा ५२ वर्षका छन् । २०७० सालमा उम्मेदवार हुँदा उनि ४२ वर्षका थिए । ४७ वर्षमा सासद हुँदै प्रभावशाली मन्त्री भएका बास्कोटा सरकारको प्रवत्ता समेत भए ।

काभ्रेपलाञ्चोक जिल्लामा गौरवका आयोजनामा बजेट विनियोजन गरी जिल्लाको कायापलट गराउन महत्वपूर्ण भूमिका खेलेका बास्कोटा २०७४ को निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए । बास्कोटालाई पराजय गराउन गठवन्धनमा रहेका सबै दल सक्रिय छन् । तर पनि मतदाताले बास्कोटा मन्त्री भए पछि शुरु भएको काभ्रेको विकासको निरन्तरताका लागि उनको विजय अपरिहार्य भएको बताउन थालेका छन् ।

अन्य उम्मेदवारका बारेमा जिल्लामा चर्चा परिचर्चा कम छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १६ जना, सोहि क्षेत्रको प्रदेश सभा १ मा ६ जना र २ मा ८ जना उम्मेदवार छन् । प्रतिनिधि सभा १ मा १७ जना, प्रदेश सभा १ मा ९ जना र २ मा ९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । जिल्लामा सबै भन्दा धेरै उमेर भएका प्रतिनिधि सभा १ का राप्रपाका उम्मेदवार गोविन्दराज गिरी ७० वर्षका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता छन् । ३ सय ८९ वटा मतदान केन्द्रबाट १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला मतदाताले मतदान गर्न पाउने छन् । अन्य मतदाता २ जना छन् । प्रतिनिधि सभा १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता छन् भने प्रदेश १ मा ७६ हजार ४ सय ७५, प्रदेश सभा २ मा ७६ हजार १ सय ४६ मतदाता छन् ।

प्रतिनिधि सभा २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । प्रदेश सभा १ मा ७७ हजार १ सय ९ मतदाता छन् भने प्रदेश सभा २ मा ८० हजार ३ सय ३३ मतदाता छन् । जिल्लामा ५ हजार ५ सय पुरुष मतदाता धेरै छन् ।