छठले समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गरेको छ : प्रधानमन्त्री देउवा

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताएका छन् ।

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको बताएका छन् ।

तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उनको भनाइ छ । पर्व र संस्कृतिले समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न सहयोग पुर्‍याउँदै आएको पनि देउवाले बताएका छन् ।