कात्तिक १३ गते आइतबार,यस्तो छ तपाईको राशिफल

0
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट पनि लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ, तर नियमित खर्च बढ्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शेयर बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ताकेका काममा बाधा हुन आउला । शरीरमा स्फूर्ति र उमङ्ग कमी आउनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु पनि उपलब्धीमूलक हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनपरेको खानेकुरा खान पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता पनि सफलता पनि मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफ्नो उद्योग र व्यापारमा विशेष फाइदाको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

–हाम्रो पात्रो