कैलालीको चौमालामा आगलागी : ५ पसल र एक होटल जलेर खरानी

0
Shares

धनगढी।

कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा भएको आगलागीमा ६ पसल जलेर खरानी भएका छन्। शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट अचानक आगो सल्किएको थियो।

प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर अहिलेसम्म ६ ओटा पसल जलेका छन्।

६ पसल जलेर नष्ट भइसकेको र अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जानकारी दिएको छ। २ किराना पसल, २ मोबाईलका पसल, १ हार्डवेयर पसल र १ होटलमा आगलागी भई क्षती भएको प्रहरीले जनाएको छ।

गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाबाट दमकल मगाइएको थियोे। अहिले दमकल त्यहाँ पुगेका छन्।

गौरीगंगासँग दमकल नभएकाले टाढाबाट दमकम आउँदासम्म बढी क्षति भएको स्थानीयले बताएका छन्।अहिले स्थानीय, प्रहरी र म्यादी समेतको टोली आगो नियन्त्रणमा खटिएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।