नागरिक समाजका अगुवा श्रेष्ठले भने- म एमाले होइन, तर एमालेले जित्नुपर्छ

0
Shares

काठमाडौं।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् ।

मतदातासँगको भेटघाटको दौरानमा श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताए । आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उनले अझै शसक्त भएर लाग्न पोखरेललाई शुभकामना दिए ।

उनले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए । एमालेबाहेक अरु कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उनको विचार छ ।

सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुनसक्ने बताउँदै उनले एमालेप्रति जनताको ठूलो आशा रहेको बताए । प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुगेका काठमाडौं–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे । उनले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताए ।