ट्वीटरका मालिक एलन मस्कले गरे सिइओसहित चार शीर्ष अधिकारी बर्खास्त

0
Shares

काठमाडाैं ।

विश्वकै धनाढ्य अमेरिकी एलोन मस्कले सोशल मिडिया कम्पनी ट्वीटरको स्वामित्व लिएसँगै ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन्।

बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन्।

मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ। कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन। उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए।