इजरायलद्वारा दमासकसमा क्षेप्यास्त्र प्रहार

0
Shares

एजेन्सी।

बुधबार मध्यराति इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ। सानाका अनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए।

राजधानीमा रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ।

इजरायलले सिरियामा दुई दिनमा यो दोस्रोपटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ। इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ।