किशोरीमाथि जबरजस्ती अश्लील प्रयास गरेको आरोपमा जापानका चर्चित संगीतकार पक्राउ

0
Shares

जापान ।

किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३५ वर्षीय संगीतकार हिदेकाजु तानाका पक्राउ परेका छन् ।धेरै खेलहरू र एनिमेसनहरूका लागि संगीत प्रदान गर्ने गरेका संगीतकार तानाकालाई टोकियोको मेगुरो-कुमा एक किशोरीलाई अश्लील शब्दहरूसहित जबरजस्ती उनको हात तानेर अभद्रताको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

गत अगस्टमा टोकियोको मेगुरो-कुको एउटा स्टेशन नजिकैको साइकल पार्किङ स्थलमा ती किशोरीलाई अश्लील शब्द बोलेर जबरजस्ती हात तानेको देखेपछि एक महिलाले नजिकैको प्रहरी बक्समा उजुरी दिएकी थिइन ।

सोही उजुरीका आधारमा महानगरीय प्रहरी प्रभागले उनलाई २४ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार स्टेसनमा रहेको सेक्युरिटी क्यामेराले किशोरीलाई पछ्याएको दृश्य देखिएपछि महानगरीय प्रहरी विभागले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।

महानगरीय प्रहरी विभागले छानबिन गर्दा स्टेशनमा रहेको सुरक्षा क्यामेराले ती किशोरीलाई पछ्याइरहेको देखाएको पाइएको छ ।
उनको वेबसाइट अनुसार, तानाका लोकप्रिय खेल “आइडलमास्टर सिन्ड्रेला गर्ल्स”श्रृंखला को संगीत सहित धेरै खेल र एनिमेसन को लागी संगीत प्रदान गरेका छन् ।